मोरङका पच्चीस घरधुरीलाई सोलार वितरण

<p>मोरङ, २९ असार । मङ्गलबार २५ घरधुरीलाई जिल्ला विकास समिति मोरङ र केरौन गाविसको अनुदानमा सोलार वितरण गरिएको छ । मोरङ केरौन गाविसका दलित, जनजाति तथा विपन्न वर्गलाई सोलार वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं ३ का सांसद दिलीप गच्छदारले सुरुवातमा २५ घरधुरीलाई मात्र भएपनि सोलार जडान गर्न पाउँदा सुखी लागेको बताए [&hellip;]</p>

मोरङ, २९ असार । मङ्गलबार २५ घरधुरीलाई जिल्ला विकास समिति मोरङ र केरौन गाविसको अनुदानमा सोलार वितरण गरिएको छ । मोरङ केरौन गाविसका दलित, जनजाति तथा विपन्न वर्गलाई सोलार वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं ३ का सांसद दिलीप गच्छदारले सुरुवातमा २५ घरधुरीलाई मात्र भएपनि सोलार जडान गर्न पाउँदा सुखी लागेको बताए । प्रमुख अतिथि, ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंह र केरौन गाविसका अध्यक्ष हेमुलाल गौतमले संयुक्तरुपमा स्थानीयलाई सोलार वितरण गरेका हुन् ।

सूर्यमानराज राईको सभापतित्व भएको उक्त कार्यक्रममा केरौन गाविस सचिव हेमुलाल गौतम, आदिवासी जनजाति सङ्घ मोरङका सचिव धनबहादुर घले, नेपाली काँग्रेस क्षेत्रीय सभापति मोहनविक्रम कार्कीलगायतले आफ्नो विचार व्यक्त गरेका थिए । रासस

Share News