काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षिय युवक अध्यक्ष निर्वाचित भएका छन् ।
४ हजार ८१ मतसहित राजबाबु यादव गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनले नेकपा माओवादीको तर्फबाट उम्मेद्वारी दिएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३९२ मत ल्याएका छन् ।