भरतपुरमा विजयको अग्रता कायमै, रेनु कतिले पछि ?

<p>काठमाडौं । भरतपुर महानगरपालिकाका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखिरहेका छन् । उनले १३ हजार ७ सय ६५ मत गणना गर्दा ४ हजार ६ सय ८८ मत ल्याएका छन् । सुवेदी रेनु भन्दा ६८ मतले अघि रहेका छन् । गठबन्धनका उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय २० मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ [&hellip;]</p>

काठमाडौं । भरतपुर महानगरपालिकाका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखिरहेका छन् । उनले १३ हजार ७ सय ६५ मत गणना गर्दा ४ हजार ६ सय ८८ मत ल्याएका छन् । सुवेदी रेनु भन्दा ६८ मतले अघि रहेका छन् ।

गठबन्धनका उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय २० मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७४ मत ल्याएका छन् ।

उपमेयर चित्रसेन अधिकारीले ५ हजार ४ सय ८२ र हिमला गुरुङले ३ हजार ७ सय २५ मत ल्याएका छन् ।

Share News