ओखलढुङ्गा । चिसंखुगढी गाउँपालिकामा कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका छन्। वडा नं ३ को मतगणना भइरहँदा विवाद भएपछि मतपत्र च्यातेको प्रहरीले जनाएको छ ।
कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न स कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चिसंखुगढीमा माओवादी-कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना थालिएको थियो । अहिले मतगणना रोकिएको छ ।