कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

<p>काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए । यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेद्वार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ [&hellip;]</p>

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।

यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेद्वार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरेकी थिइन् ।

Share News