काठमाडौं । षडानन्द नगरपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुरेन्द्रकुमार उदास निर्वाचित भएका छन् । उदास ६ हजार ४३६ मत ल्याई निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रसका उम्मेदवार बीरबल राईलाई ८ सय ९५ मत अन्तरले पराजित गरे ।
यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० बाट प्रमिला राई निर्वाचित भएकी छिन् । उनी आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मेरीका राईलाई २७ सय मतले पछि पार्दै विजयी भएकी हुन् । राईले ६ हजार ९५६ मत उपप्रमुखमा निर्वाचित भएकी छिन् ।