भरतपुरमा रेनुको अग्रता कायमै, विजय कतिले पछि ?

<p>काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । १८ हजार ४७ मत गनेर सकिँदा रेनुले ६ हजार १९ मत ल्याई अग्रता कायम गरेका हुन् । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५९५६ मत ल्याएका छन् । पछिल्लो मतगणना अनुसार विजय ६३ मतले पछाडि देखिएका छन् । स्वतन्त्र [&hellip;]</p>

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् ।

१८ हजार ४७ मत गनेर सकिँदा रेनुले ६ हजार १९ मत ल्याई अग्रता कायम गरेका हुन् । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५९५६ मत ल्याएका छन् । पछिल्लो मतगणना अनुसार विजय ६३ मतले पछाडि देखिएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९३७ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ३४६ मत ल्याई अग्रता कायम गरेका छन् । उनकै प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी हिमला गुरूङले ४ हजार ८८३ मत पाएकी छन् ।

हाल महानगरपालिकाका उमेदवारहरुको मतगणना जारी छ ।

Share News