काठमाडौं । तनहुँको भिमाद नगरपालिमा प्रमुख र उपप्रमुख नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरु निर्वाचित भएका छन् । प्रमुख पदमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल निर्वाचित भएकी हुन् ।
सुवेदीले उनले ८ हजार १ सय २८ मत प्राप्त गरे नगर प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का उम्मेदवार काजीमान श्रेष्ठले ५ हजार ८५७ मत ल्याई दोस्रो स्थान लिन सफल भए ।
यस्तै, खनालले ७ हजार ६ सय ६७ मत प्राप्त उपप्रमुखमा निर्वाचित भएकी छिन् । कांग्रेसका मिलन आले ७ हजार २ सय ५ मत प्राप्त गर्दै दोस्रो भए ।