काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका मेयरमा गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगतबाहदुर गुरुङले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतगणना अनुसार उनले ४ हजार ६१६ मत ल्याई अग्रता कायम गरेका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार राजेन्द्र रमण खनालले २ हजार ४६४ मत र राष्ट्रिय प्रजातन्त्र (रापरापा) का उम्मेदवार युवारज पाण्डेले ४ सय ७३ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रसका उम्मेदवार शिवप्रसाल दाहलले ३ हजार ३९७ मत ल्याई अग्रता कायम राखेका छन् । उनका प्रतिस्पर्धी ऐमालेकी उम्मेदवार रुपमा सापकोटाले २ हजार ९९६ मत र रापरापाकी उम्मेदवार यसोदा दहालले २४३ मत ल्याएकी छिन् ।
नगरपालिकाको उम्मेदवारहरुको मतगणना जारी छ ।