तिनपाटनमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

<p>सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् । मगरले नौ हजार २३९ पाएको छ भने नेकपा (एमाले)का उम्मेदवार छत्र दाहालले आठ हजार ४२ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्र [&hellip;]</p>

सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् ।

मगरले नौ हजार २३९ पाएको छ भने नेकपा (एमाले)का उम्मेदवार छत्र दाहालले आठ हजार ४२ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३९९ मतले विजयी भएका छन् भने एमालेकी पदममाया तामाङ ७९०८ मत ल्याई पराजित भइन् । पदममाया यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुन् ।

वडा नंम्बर २, ३, ४, ६, ७, ८, ९, १० र ११ मा गठबन्धनबाट कांग्रेस विजयी र वडा नं १ र ५ एमाले विजयी भएको छ ।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा उपाध्यक्षसहित बहुमत वडा जितेको एमालेले २०७९ मा दुई वडामा मात्र सीमित भएको छ ।

Share News