चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ६८४ पुगेको छ ।
दाहाल नौ हजार ९२४ मतका साथ अग्रस्थानमा छिन् भने सुवेदी आठ हजार २४० मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार ४८८ मतका साथ तेस्रो स्थानमा छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९२० र राप्रपाका हिमला गुरुङले छ हजार ७२२ मत प्राप्त गरेका छन् ।
हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ ।