बालेनको मत स्थापितकोभन्दा ८ हजारले बढी

<p>काठमाडौं । बालेन्द्र शाहले १६ हजार ६४७ मत प्राप्त गर्दा केशव स्थापितले आठ हजार ६०७ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएको स्थापितलाई अझै पछि पारिरहेका छन् । कांग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले सात हजार ७६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौंले जानकारी [&hellip;]</p>

काठमाडौं । बालेन्द्र शाहले १६ हजार ६४७ मत प्राप्त गर्दा केशव स्थापितले आठ हजार ६०७ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएको स्थापितलाई अझै पछि पारिरहेका छन् ।

कांग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले सात हजार ७६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

उपप्रमुखमा एमालेको तर्फबाट सुनिता डङ्गोलले १३ हजार ४०८ मतले अग्रस्थानमा रहेकी छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले चार हजार ११८ मत प्राप्त गरेको छ ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ ।

Share News