सप्तरीको हनुमाननगरमा जनमत पार्टीका मेयर निर्वाचित

<p>काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले नगरपालिकाको मेयरमा जित हात पारेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन् । सो नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहलाई जनमत पार्टीका उम्मेदवार माझीले पराजित गर्दै जीत हात पार्न सफल भएका हुन् । १ सय ६१ मतको अन्तरले [&hellip;]</p>

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले नगरपालिकाको मेयरमा जित हात पारेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन् ।

सो नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहलाई जनमत पार्टीका उम्मेदवार माझीले पराजित गर्दै जीत हात पार्न सफल भएका हुन् । १ सय ६१ मतको अन्तरले माझीले जीत हात पारेका हुन् । उनले ६ हजार ४०७ मत ल्याए भने प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत ल्याए दोस्रो भए ।

यस्तै, उपमेयर भने जसपाकी सरितादेवी यादव निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१२ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धि जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत ल्याएकी छन् ।

Share News