बैंकमार्फत् कर बुझाउने, उद्यमशिलता विकासदेखि निःशुल्क वाईफाईसम्म (पूर्णपाठसहित)

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले नीति तथा कार्यक्रमार्फत् काठमाडौं महानगरपालिकालाई काठमाडौंको संस्कृति र सम्पदाको संरक्षण, सूचना तथा प्रविधिको उच्चतम प्रयोग, पर्यटन प्रवद्र्धन, काठमाडौंलाई सफा, स्वच्छ, हरियाली [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

उनले नीति तथा कार्यक्रमार्फत् काठमाडौं महानगरपालिकालाई काठमाडौंको संस्कृति र सम्पदाको संरक्षण, सूचना तथा प्रविधिको उच्चतम प्रयोग, पर्यटन प्रवद्र्धन, काठमाडौंलाई सफा, स्वच्छ, हरियाली र सुन्दर बनाउनका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् ।

उनले काठमाडौंको शिक्षालाई गुणस्तरीय बनाउनका लागि एउटा कार्यदल बनाउने, फोहोर व्यवस्थापन, महानगरपालिकामा कर तिरेका करदाताको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाउने, बीमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान प्रदान गर्ने, ७० वर्ष नाघेका जेष्ठ नागरिकको घरमै पुगेर निःशुल्क उपचार गरिने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

यस्तै, उनले नीति तथा कार्यक्रम मार्फत् काठमाडौं महानगरपालिकाका सबै भवनमा क्यूआर कोड अनिवार्य गर्ने व्यवस्था गर्ने घोषणा गरेका छन् भने काठमाडौं महानगरपालिकाका विभिन्न सार्वजनिक स्थलमा निःशुल्क वाईफाईको पनि व्यवस्था गर्ने बताएका छन् ।

उनले कर प्रणालीलाई व्यवस्थित बनाउनका लागि काठमाडौंका घरधनीले सिँधै बैंकमार्फत् कर बुझाउनु पर्ने व्यवस्था मिलाएको पनि बताएका छन् । उनले महानगरका सबै वडामा बैंकको एक्सटेन्स काउण्टर स्थापना गर्ने काम भइरहेको पनि बताएका छन् ।

यस्तै, उनले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, महानगर क्षेत्रभित्र घरजग्गा र जग्गा बहालमा लिने दिने कार्यलाई कम्पनी मार्फत् व्यवस्थित गर्न आवश्यक प्रबन्ध मिलाइने, करका दरको पुनरावलोकन गर्न नगरसभाबाट गठित समितिको पुनर्गठन गरी कार्य अगाडि बढाइने, आर्थिक ऐन अनुसार उपलब्ध गराउँदै आएको कर छुटलाई पुनरावलोकन गरिने बताएका छन् । उनले उद्यमशिलता विकासमा पनि विभिनन कार्यक्रम ल्याएका छन् ।

करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउन समग्र राजस्व प्रणालीलाई करदातामैत्री बनाइने, महानगरपालिका क्षेत्रमा रहेका करदाताहरुको विद्युतीय लगतका लागि काठमाडौं महानगरपालिकाको छुट्टै एप वनाई विश्व विद्यालयहरुसंगको सहकार्यमा करदाताहरुको विवरण संकलन गर्ने व्यवस्था मिलाइने, कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालनगरिने लगायतका कार्यक्तम पनि नीति तथा कार्यक्रमा छन् ।

बाह्य बिज्ञापन गर्ने स्थान यकिन गरी तोकिएको स्थान र साइजमा मात्र विज्ञापन सामग्री राख्ने ब्यबस्था मिलाइनेछ साविकमा रहेका विज्ञापन सामग्रीलाइ तोकिएको स्थानमा स्थानान्तरण गर्न आवश्यक प्रबन्ध मिलाइन, राजस्व प्रशासनमा कार्य सम्पादनमा आधारित रही प्रोत्साहन प्रणाली लागू गरिन, महानगरपालिका क्षेत्रभित्र आवासीय प्रयोजनका लागि निर्माण भएका बहुतले भवन (अपार्टमेन्ट ) प्रयोग गर्ने करदाताहरुबाट लिंदै आइरहेको सम्पत्ती करमा पुनरावलोकन गरिने, महानगरपालिकाको साविकमा रहेको वैदेशिक ऋणको वित्तिय भार न्यून गरी सकेसम्म आगामी आर्थिक बर्षमा महानगरपलिकालाई ऋणमुक्त बनाउने उपाय अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मेयर बालेनले महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्धन गर्ने विषयका स्वदेशी तथा बिदेशी चलचित्र÷नाटकका लागि निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गरिने, वडा तहमा करदातालाई कर बुझाउन कुनै असहजता भएमा प्रत्यक्ष सम्पर्क गरी गुनासो सुन्ने, सूचना उपलब्ध गराउने, कर बुझाउन सहजीकरण गर्ने आदि कार्यका लागि विदाको दिनमा समेत कार्यालय खुल्ने गरी करदाता सहायता कक्ष सञ्चालन गरिने पनि बताएका छन् ।

यस्तै, युवा पुस्ताको नविन सोच र प्रबिधि प्रतिको आकर्षणलाई बढावा दिन सहरी ब्यवस्थापनका बिषयहरुमा राष्ट्रिय आविष्कार केन्द्रसंग सहकार्य गरिन, सीप सिक्न इच्छुक महानगरबासीहरुलाई सीप प्रशिक्षण (मूर्तिकला, काष्ठकला, धातुकला, बाजा निर्माण आदि ) कार्यक्रमहरु संचालन गरिने, महानगरपालिका क्षेत्रमा रहेका उद्योग तथा नयाँ उद्यमीलाई प्रबिधिमा सहयोग, छुट, मिनाहा तथा आवश्यक सहुलियत उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, मार्टहरुमा स्थानीय उत्पादन र अर्गानिक खाद्य बस्तु बिक्रि वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन आवश्यक समन्वय गरिने, युवाहरुको व्यक्तिगत बृत्ती बिकास मार्ग पत्ता लगाउन करियर परामर्श कक्षा संचालन गरिने, काठमाडौं सहरलाई जीवन्त सहरको रुपमा चलायमान राख्न सुरक्षाको आवश्यक प्रबन्ध मिलाई रात्रीकालिन ब्यवशाय मर्यादित रुपमा संचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने पनि मेयर बालेनले नीति तथा कार्यक्रममार्फत् घोषणा गरेका छन् ।

[pdf id=334780]

Share News