काठमाडौं । मकवनपुरको थाहा नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ८ करोड ४८ लाख ७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख भरत गोपालीले पालिकाको ११ औं नगरसभामाबाट उक्त बजेट पेश गरेका हुन् ।
उपप्रमुख गोपालीका अनुसार आगामि आर्थिक वर्षको लागि आन्तरिक स्रोत १९ करोड ७९ लाख ५ हजार रुपैयाँ, राजश्व बाँडफाँड १९ करोड ३८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा तर्फ १५ करोडको बजेट बाँडफाँड सहित बजेट पेश भएको छ ।
यस्तै चालु खर्च तर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगत तर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्त तर्फ ३२ करोड १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड रुपैयाँ खर्चको अनुमान रहेको पनि उनले बताए ।