काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारकाे बजेट ल्याएकाे छ । महानगरले शुक्रबार साे बराबरकाे बजेट प्रस्तुत गरेकाे उपप्रमुख सुनिता डंगोल बताइन् ।
महानगरको ११ औं नगरसभामा स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रम लागि ५० करोड २१ लाख २४ हजार विनियोज गरेको पनि डंगोलले बताइन् । उनले पूर्वाधार विकासको लागि ११ अर्ब १८ करोड ८९ लाख ३ हजार रुपैयाँ बजेट विनियोजन गरेको पनि जनाकारी दिइन् ।
उनकाे अनुसार नेपाल र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदानतर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको स्रोत सुनिश्चित भएका छ ।
यस्तै महानगरले सामाजिक विकासको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ र सुशासन क्षेत्रको लागि ४ अर्ब ४६ लाख ५८ लाख ४० हजार विनियोजन गरेकाे छ ।
[pdf id=336038]