काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० लागि एक अर्ब ८३ करोड बढी बजेट सार्वजानिक गरेको छ ।
शुक्रबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरेकी हुन् ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन छ ।
उपप्रमुख रानाका अनुसार उपमहानगरपालिकाले सामाजिक सुरक्षाबाट ५० करोड, सडक बोर्ड नेपालबाट एक करोड, अन्य कार्यक्रम अनुदानबाट एक करोड र नगरपालिकाभित्र कार्यक्रम संचालन हुने विभिन्न संघसंस्थाबाट १७ करोड ११ लाख ६२ हजार रकम गरी ६९ करोड ११ लाख ६२ रकम आगामी आर्थिक वर्षमा आय÷व्ययतर्फ थप हुने अनुमान गरेको छ ।