काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका आज (असार १० गते) आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सकेन । राजनैतिक दलहरु बीच कुरा नमिल्दा आज सार्वजनिक हुने भनिएको नगरपालिकाको बजेट स्थगित भएको हो ।
नगरपालिकाका शाखा अधिकृत निमदोर्जे तामाङ्गले राजनैतिक दलको कुरा नमिलेर बजेट प्रस्तुत गर्न नसकेको जानकारी दिए । उनका अनुसार उक्त नगरपालिकाको बजेट प्रस्तुत गर्न थप केही दिन लाग्ने छ ।
बजेट प्रस्तुत गर्ने बेलामा कोरम नपुगेपछि बजेट स्थगित भएको हो । कोरम पुर्याउनका लागि नगरपालिकाले लामो समयसम्म प्रतीक्षा र सहमति गर्न खोजेको थियो तर, दलहरू बीच सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको तामाङ्गले बताए ।