एमालेका कारण रोकिएको पोखराको बजेट ७ बजे आउने

<p>काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट साँझ ७ बजे प्रस्तुत गर्ने भएको छ । नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि रोकिएको पोखरा महानगरपालिकाको बजेट आजै ७ बजे प्रस्तुत हुन लाखेको हो । महानगरपालिकाले बेलुका ७ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेको पोखरा महानगरपालिकाका आन्तरिक व्यवस्थापन (भण्डार तथा आपूर्ति) शाखाका प्रमुख किरणप्रसाद कोइरालाले जानकारी दिए [&hellip;]</p>

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट साँझ ७ बजे प्रस्तुत गर्ने भएको छ । नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि रोकिएको पोखरा महानगरपालिकाको बजेट आजै ७ बजे प्रस्तुत हुन लाखेको हो ।

महानगरपालिकाले बेलुका ७ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेको पोखरा महानगरपालिकाका आन्तरिक व्यवस्थापन (भण्डार तथा आपूर्ति) शाखाका प्रमुख किरणप्रसाद कोइरालाले जानकारी दिए ।

बजेट पारित हुनु अगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने सकेको थिएन । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने तयारी छ ।

एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । मेयरको जवाफबाट चित्त नबुझेपछि एमाले जनप्रतिनिधिहरु पोखरा सभागृहबाहिर नाराबाजीमा उत्रिएका थिए । र, महानगरको बजेट प्रस्तु कार्यक्रम प्रभावित बन्न पुगेको हो ।

Share News