काठमाडौं । असार १० गतेसम्म देशभर रहेका ४३५ गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले शनिबार एक विज्ञप्ती जारी गर्दै असार १० गतेसम्म ४३५ गाउँपालिकाले बजेट ल्याएको जनाएको हो ।
महासंघका अनुसार कुल ४६० गाउँपालिका मध्ये ९५ प्रतिशत गाउँपालिकाले तोकिएको समयमा नै बजेट ल्याएका हुन ।
महासंघले २५ वटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाहरुमा सम्पर्क हुन सकेको छैन भने १९ वटा गाउँपालिकामा सभाको अधिवेशन नै सुरु हुन सकेको छैन ।
बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।
असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।