काठमाडौं । काठमाडौं महानगरपालिकाले कृषि तथा खाद्यान्न व्यापारमा कर बढाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार आर्थिक विधेयक सार्वजनिक गर्दै कृषि तथा खाद्यान्नको व्यापारमा कर बढाएका हुन् ।
उनले अधिकतम २ हजार रुपैयाँसम्म कर बढाएका छन् । मेयर बालेनले सार्वजनिक गरेको आर्थिक विधेयकका अनुसार अब खुद्रा किराना पसल सञ्चालन गर्नेले २ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ । यसअघि यस्तो कर १२ सय रुपैयाँ मात्रै थियो ।
यसअघि प्रशोधित मासुजन्य बिक्री व्यवसायमा लाग्दै आएको ३ हजार रुपैयाँ कर अब ५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ भने यसअघि माछा/मासु तथा अण्डा खुद्रा बिक्री १५ सय रुपैयाँ लाग्दै आएको कर २५ सय रुपैयाँ लाग्ने भएको छ ।

यस्तै, अब थोक किराना पसल गर्नेले ५ हजार, खाद्यान्न बिक्री गर्नेले १० हजार, मौरी पालन गर्नेले २ हजार र कुखुराका चल्ला बिक्री गर्नेले ३ हजार र फलफुल तरकारी खुद्रा १ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ ।
यस्तै, फलफुल तरकारी थोक व्यापार गर्नेले हजार र माछा मासु तथा अण्डा खुद्रा बिक्री गर्नेले २५ सय रुपैयाँ कर तिर्नु पर्ने भएको छ ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीलाई एकै पटक दोब्बरले कर बढाउँदा समस्यामा पर्ने देखिन्छ । कर बढाएसँगै अब खाद्यान्न तथा माछा, मासु तथा अण्डाकाे मूल्य पनि बढ्ने भएकाे छ ।