काठमाडौं उपत्यकामा हैजा फैलिएपछि महानगरले लगायो सडकमा खानेकुरा बेच्न रोक

<p>काठमाडौं । काठमाडौं महानगरपालिका भित्र हैजा फैलिएपछि सडकमा खानेकुरा बेच्न निषेध गरिएको छ । महानगरपालिकाले हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको हो । हैजा फैलिएपछि महानगर पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामुलक र उपचारका कार्यक्रम गरिरहेको छ । सो कार्यक्रममा हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र हैजा फैलिएपछि सडकमा खानेकुरा बेच्न निषेध गरिएको छ । महानगरपालिकाले हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको हो ।

हैजा फैलिएपछि महानगर पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामुलक र उपचारका कार्यक्रम गरिरहेको छ । सो कार्यक्रममा हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय भएको महानगरपालिकाले बताएको छ ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग पनि महानगरपालिकाले सहकार्य गर्ने भएको छ ।

होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै, पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

महानगरपालिका भित्र पनि हैजा फौलिएसँगै हटलाइनमा यसको लक्ष्यण बुझन् फोन आउने क्रमम बढेको छ । महानगरले कल सेन्टरमा स्वास्थ्य सम्बन्धी सूचना दिन २४ घण्टा टोल फ्रि नंम्बर ११८० सञ्चालन गरेको छ ।

Share News