काठमाडौं । मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले प्रशासकीय भवनको शिलान्यास गरेको छ । बुधाबार गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले उक्त नयाँ भवनको शिलान्यास गरेका हुन् ।
गाउँपालिकाले पार्किङसहितको सुविधा सम्पन भवन बनाउन लागेको हो । भवन संरचनामा पालिकाले प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी/आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्टाएको छ ।

भवन निर्माणको कुल लागत ८ करोड ९९ लाख ३१ हजार रुपैयाँ भ्याट बाहेक रहेको छ भने ६ करोड ४२ लाख १२ हजार ८ सय २५ रुपैयाँ ९ पैसा भवन निर्माणको ठेक्का लागेको गाउँपालिकाले जनाएको छ ।
उक्त भवन निर्माणको जिम्मा जय माता कन्स्ट्रक्सन प्रा.लि.ले पाएको छ ।