कृषि विकास बैंकले माग्यो १५२ जना कर्मचारी

<p>काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा १५२ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै ९ वटा पदको लागि कर्मचारीको माग गरेको हो । बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा १५२ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै ९ वटा पदको लागि कर्मचारीको माग गरेको हो ।

बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग गरेको छ ।

यि विभिन्न पदको लागि आवेदन दिने अन्तिम मिति साउन १२ गतेसम्म रहेको बैंकले जनाएको छ । इच्छुकले अनलाइनबाट फारम भर्न सक्नेछन् ।

Share News