बूढीगंगामा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

<p>काठमाडाैं । बूढीढगंगा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर बाँनियाँ नगरप्रमुखमा विजयी भएका छन् । नगरप्रमुखका उम्मेदवार बाँनियाले प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खातीभन्दा एक हजार तीन बढी मत ल्याएर विजयी भएका हुन् । मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाएका छन् भने खातीले तीन हजार ७७४ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा पनि एमालेकै मायाकुमारी खडका [&hellip;]</p>

काठमाडाैं । बूढीढगंगा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर बाँनियाँ नगरप्रमुखमा विजयी भएका छन् । नगरप्रमुखका उम्मेदवार बाँनियाले प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खातीभन्दा एक हजार तीन बढी मत ल्याएर विजयी भएका हुन् ।

मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाएका छन् भने खातीले तीन हजार ७७४ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा पनि एमालेकै मायाकुमारी खडका विजयी भएकी छिन् । खडका चार हजार ७२७ मत पाएर विजयी भएकी हुन् । उनकी प्रतिद्धन्द्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाएकी छिन्   ।

निर्वाचन आयोग नेपालले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।

Share News