आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने, नछुट्याए नउठाइने

<p>काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ । कुहिने र नकुहिने फोहोर नछुट्याएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ । शनिबार एक सूचना जारी गर्दै महानगरपालिकाले कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तोकेको छ भने नकुहिने फोहरका लागि सोमबार [&hellip;]</p>

काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ ।

कुहिने र नकुहिने फोहोर नछुट्याएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।

शनिबार एक सूचना जारी गर्दै महानगरपालिकाले कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तोकेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ ।

काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।

Share News