पौने ६ लाख डलरमा खरिद गरेका ३ वटा दमकल नेपाल आइपुगे

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले खरिद सम्झौता गरेको तीनवटा दमकल नेपाल आइपुगेको छ । महानगरपालिकाले अघिल्लो वर्ष नै यसको खरिद सम्झौता गरेको थियो । मेयर विद्यासुन्दर शाक्यले महानगरको लगानीमा तीनवटा दमकल खरिद गर्न अघिल्लो वर्ष २०७८ साउन ३ गते इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए । ३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम्पनीसँग ५ लाख [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले खरिद सम्झौता गरेको तीनवटा दमकल नेपाल आइपुगेको छ । महानगरपालिकाले अघिल्लो वर्ष नै यसको खरिद सम्झौता गरेको थियो ।

मेयर विद्यासुन्दर शाक्यले महानगरको लगानीमा तीनवटा दमकल खरिद गर्न अघिल्लो वर्ष २०७८ साउन ३ गते इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए ।

३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम्पनीसँग ५ लाख ७५ हजार ९३३ अमेरिकी डलरमा सम्झौता भएको थियो ।

Share News