दुई मिडियाविरुद्ध बालेनले दिए उजुरी, क्षतिपूर्तिको माग

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई मिडियाविरुद्ध उजुरी दिएका छन् । उनले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । उनले कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सञ्चार माध्यमहरूले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रूपमा प्रकाशन र प्रसारण गरेको तथ्यहीन समाचारहरूले भ्रम [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई मिडियाविरुद्ध उजुरी दिएका छन् । उनले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

उनले कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सञ्चार माध्यमहरूले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रूपमा प्रकाशन र प्रसारण गरेको तथ्यहीन समाचारहरूले भ्रम सृजना हुनाको साथै यसबाट व्यक्तिगत र संस्थागत आँच पुगेको उनले बताएका छन् ।

Share News