करार कर्मचारीलाई नहटाउन स्थानीय सरकारलाई आग्रह, अनुभवीबाट सेवा प्रभावकारी

<p>काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गाउँपालिकामा कार्यरत करारका कर्मचारी नहटाउने सबै गाउँ पालिकालाई आग्रह गरेको छ । साउन ४ गते महासंघले ६० गाउँपालिकाहरुलाई पत्राचार गर्दै यसअघि स्थानीत तहमा कार्यरत अनुभवी कर्मचारी परिचालन गरेर मात्र स्थानीय सरकारको सेवा प्रभावकारी हुनेमा जोड दिएको छ । ‘गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिम दरवन्दीमा रहेका करारका कर्मचारीको हकमा [&hellip;]</p>

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गाउँपालिकामा कार्यरत करारका कर्मचारी नहटाउने सबै गाउँ पालिकालाई आग्रह गरेको छ ।
साउन ४ गते महासंघले ६० गाउँपालिकाहरुलाई पत्राचार गर्दै यसअघि स्थानीत तहमा कार्यरत अनुभवी कर्मचारी परिचालन गरेर मात्र स्थानीय सरकारको सेवा प्रभावकारी हुनेमा जोड दिएको छ ।

‘गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिम दरवन्दीमा रहेका करारका कर्मचारीको हकमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भै आएपश्चात स्वतः करार अवधि समाप्त हुने नै छ । तर हाल कार्यरत अनुभवी जनशक्तिलाई उनिहरुको कार्यक्षमताको कुनै मूल्याङ्कन नगरी एकमुस्टरुपमा हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त हुदैन । यो अभ्यासले स्वयम् गाउँपालिकाको कार्यसम्पादनमासमेत प्रभावकारीता आउदैन’ महासंघले जारी परिपत्रमा उल्लेख छ ।

स्वीकृत दरबन्दी भित्र विद्यमान कानुनबमोजिम प्रकृयासम्मत नियुक्ती भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारको लागि समेत अवसर भएको महासंघले जनाएको छ । ती कर्मचारीको अनुभव र क्षमता अभिबृद्धिका लागि राज्यको लगानी परिसकेको तर्फ पनि महासंघले पालिकाहरुको ध्यानाकर्षण गराएको छ ।

स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि नियमानुसार स्वीकृत दरवन्दीमा करारमा नियुक्ति पाएका अनुभवी जनशक्तिहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्र्रित हुनु पर्ने महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

Share News