ललितपुर । ललितपुर महानगरपालिकाले नगरबासीको लागि घर नम्बर प्लेट अनिवार्य गरेको छ । नम्बर प्लेट लिनको लागि प्रत्येक घरधनीले महानगर पालिकालाई थप एक हजार रुपैयाँ कर बुझाउनु पर्नेछ ।
यो व्यवस्था आर्थिक वर्ष २०७९/८० साउनदेखि अनिवार्य लागू गरिएको महानगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को सम्पत्ति कर बुझाउँदा घर नम्बर प्लेट अनिवार्य लिनु पर्ने र त्यसबापतको कर पनि भुक्तानी गर्नु पर्ने महानगरपलिकाले जनाएको छ ।
केही घरधनीले घर नम्बर प्लेट राखेको, केहीले नराखेको जनाउँदा महानगरले अब सबैले अनिवार्य राख्नु पर्ने जनाएको हो । सम्पत्ति कर तिर्न जाँदा घर नम्बर प्लेट राखेको प्रमाण र कर तिरेका प्रमाण अनिवार्य पेस गर्न पनि महानगरपलिकाले नगरवासीलाई निर्देशन दिएको छ ।