बालेनले नर्भिकलाई भने : सरकारी जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउनु, नहटाए कारवाही गर्छु

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नर्भिक अस्पतालले सरकारी जग्गमा बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देश्न दिएका छन् । सोमबार महानगरले नर्भिकलाई पत्र लेख्दै लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा तत्काल हटाउन निर्देशन दिएका हुन् । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नर्भिक अस्पतालले सरकारी जग्गमा बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देश्न दिएका छन् । सोमबार महानगरले नर्भिकलाई पत्र लेख्दै लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा तत्काल हटाउन निर्देशन दिएका हुन् ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।

पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०८५ क्षे.फ. १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवन लगायत) नेपाल सरकारसंग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टा भित्र हटाउनु हुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार कार्वाही गरिने व्यहोरा समेत सूचित गरिन्छ।’

Share News