ललितपुरमा वर्षमा २६ दिन मासु बेच्न नपाईने, बेचे कारबाही

<p>ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी, बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको छ । सोमबार वडामा रहेका मासु व्यवसायी र वडा अध्यक्ष दामोदर खड्कासहित वडाको प्रतिनिधिसँग बसेको बैठकले सो निर्णय गरेको हो । निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्री निषेध गरिएको छ । वर्षभरी २४ दिन [&hellip;]</p>

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी, बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको छ । सोमबार वडामा रहेका मासु व्यवसायी र वडा अध्यक्ष दामोदर खड्कासहित वडाको प्रतिनिधिसँग बसेको बैठकले सो निर्णय गरेको हो ।

निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्री निषेध गरिएको छ । वर्षभरी २४ दिन एकादशी र २ दिन दुई ठुला चाड पर्छन । बैठकले गरेको निर्णयलाई मासु व्यवसायीले स्वागत गरेका थिए ।

मासु व्यावसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यावसायीले स्वीकार गरेको बताए । उनले १८ सँगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागु गर्न आग्रह गर्नुपर्ने बताए । अर्का मासु व्यवसायी सुबिन खड्गीले वडाको निर्णयलाई कार्यान्व्यन गरेपछि व्यवहारिक हुन केही दिन लाग्ने बताए ।

 

 

Share News