काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ ।
नगरपालिकाले पर्खाल मापदण्डले तोकेकोभन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाएपछि ३ दिने सूचना जारी गर्दै पर्खाल भत्काएको हाे ।
काठमाडौं महानगरपालिकाले पनि विभिन्न ठाउँमा बनाएका अवैध संरचना भत्काउन थालेको छ ।