काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ पसल हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाले सडकहरु अतिक्रमण भएका संरचना र फुटपाथ पसल हटाउन ३५ दिने सूचना जारी गरेको हो ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, आवागमनमा अवरोध पुग्ने गरी सामग्री राख्ने, अव्यवस्थित रूपमा सवारी पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरूद्ध बनाउने कार्य गरेको देखिएकोले सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
नगरपालिकाले ३५ दिनभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारवाही गरिने बताएको छ ।