२४ घण्टाभित्र कर नतिरे फनपार्क शिल गरिने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनीमार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न निर्देशन दिएको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । पटकपटक निर्देशन दिँदा पनि फनपार्कले कर नतिरेकाे बताउँदै महानगरले  तोकिएको समयभित्र कर नतिरे फनपार्क शिलबन्दी गर्ने चेतावनी पनि [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनीमार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न निर्देशन दिएको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

पटकपटक निर्देशन दिँदा पनि फनपार्कले कर नतिरेकाे बताउँदै महानगरले  तोकिएको समयभित्र कर नतिरे फनपार्क शिलबन्दी गर्ने चेतावनी पनि दिएको छ ।

‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ, तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह अशुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ,’ पत्रमा लेखिएको छ ।

 

Share News