महानगरले बन्द गरायो त्रिपुरेश्वरको डिजिटल होर्डिङ बोर्ड

<p>काठमाडौं । काठमाडौं महानगरपलिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिना अनुमति होर्डिङ बोर्ड राखेको पाएपछि महानगरपालिकाले वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो । महानगरको अनुसार स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्&#x200d;न पाइनेमा उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपलिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिना अनुमति होर्डिङ बोर्ड राखेको पाएपछि महानगरपालिकाले वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो ।

महानगरको अनुसार स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्‍न पाइनेमा उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ ।

महानगरले काठमाडौंको अन्य स्थानबाट पनि मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन जनाएको छ ।

महानगरले हाल नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको छ ।

Share News