काठमाडौं । ललितपुर महानगरपालिकाले नियम विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्ममा हटाउन निर्देशन दिएको छ । महानगरले घर–घरमा गएर माइकिङ गर्दै दशैंसम्ममा अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।
दशैंसम्ममा मापदण्ड विपरीत बनाइएका संरचना नहटाए महानगर प्रहरीले आफै संरचना हटाउने ललितपुर महानगरले जानकारी दिएको छ ।
हाल देशभरका स्थानिय तहहरुले धमाधम नियम विपरीत बनाइएका अनधिकृत संरचनाहरु हटाउन निर्दशन जारी गरिरहेको छ ।