काठमाडौं । सहसचिव बसन्त अधिकारी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेललाई सङ्घीय मन्त्रालयको अतिरिक्त समूहमा राखेर अधिकारीलाई सरुवा गरिएको हो ।
पौडेल ९ महिनाअघि महानगरमा सुरुवा भएका थिए भने अधिकारी दुई वर्षदेखि सङ्घीय मन्त्रालयमा थिए ।