७ क्यासिनोलाई महानगरको पत्र : ७ दिनभित्र कर नतिरे कारवाही गर्छौं

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालीत ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न पत्र पठाएको छ । महानगरले आइतबार पत्र पठाउँदै ७ वटा क्यासिनोलाई ७ दिन भित्र मनोरञ्जन कर तिर्न ताकेता गरेको हो । महानगरले म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनो, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट, हायात होटलमा रहेको प्राइड [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालीत ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न पत्र पठाएको छ । महानगरले आइतबार पत्र पठाउँदै ७ वटा क्यासिनोलाई ७ दिन भित्र मनोरञ्जन कर तिर्न ताकेता गरेको हो ।

महानगरले म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनो, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोलाई कर तिर्न पत्राचार गरेको हो ।

महानगरले ७ दिनभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्ने जनाएको छ ।

Share News