काठमाडौं । काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको छ ।
काठमाडौं महानगरपालिका(२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको हो ।
सूचनामा इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल(माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन भनिएकाे छ।
महानगरले हाल मापदण्ड विपरित राखिएको संरचनाहरु हटाइरहेको छ ।