काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको सबै होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले ३ महिनाभित्र काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन लागेको काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
उनको अनुसार महानगरले ३ महिनाभित्र मापदण्ड विपरीत राखिएका काठमाडौंको सबै होर्डिङ बोर्ड हटाइसक्ने योजना बनाएको छ ।