नुवाकोटमा सिँचाइ र ऊर्जाका लागि ३३ करोड रुपैयाँको योजना

<p>नुवाकोट । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले चालु आर्थिक वर्षमा नुवाकोटमा एक सय ४० वटा योजना सञ्चालन गर्ने भएको छ ।बागमती प्रदेश र सङ्घीय सरकारमार्फत हालसम्म एक सय ४० योजनाका लागि ३२ करोड ७९ लाख रुपैयाँ बजेट प्राप्त भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाँईले जानकारी दिए । [&hellip;]</p>

नुवाकोट । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले चालु आर्थिक वर्षमा नुवाकोटमा एक सय ४० वटा योजना सञ्चालन गर्ने भएको छ ।बागमती प्रदेश र सङ्घीय सरकारमार्फत हालसम्म एक सय ४० योजनाका लागि ३२ करोड ७९ लाख रुपैयाँ बजेट प्राप्त भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाँईले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि हालसम्म प्रदेश सरकारमार्फत एक सय आठ योजनाका लागि २६ करोड ३९ लाख रुपैयाँ र सङ्घीय सरकारमार्फत ३२ योजनाका लागि छ करोड ४६ लाख रुपैयाँ बजेट प्राप्त भएको हो ।

‘अघिल्ला आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरतासहित चालु आर्थिक वर्षमा केही कार्यक्रम थप भएर आएका छन्’, डिभिजन प्रमुख गुरागाँई भने, ‘अझै करिब एक दर्जन योजना थप गराउने प्रयासअन्तर्गत पाइपलाइनमा रहेकाले एक सय ५० भन्दाबढी योजना नुवाकोटमा कार्यान्वयन गर्नेर्छाँै ।’

प्राप्त योजनाअन्तर्गत प्रदेश सरकारमार्फत नदी तथा खोलाले कटान गरेका स्थानमा नियन्त्रणका लागि २२ योजनालाई छ करोड ५० लाख रुपैयाँ, सिँचाइ प्रणालीको निर्माण तथा मर्मतका लागि ६२ योजनालाई १८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत विपन्न वर्गलक्षित समुदायका लागि अनुदानमा सौर्य ऊर्जा वितरण गर्न २५ लाख रुपैयाँ, ग्रामीण विद्युतीकरणका लागि ४० लाख रुपैयाँ, विद्युतीय प्रणालीको सुदृढीकरणअन्तर्गत जीर्ण बनेका काठका खम्बा विस्थापित गरेर कङ्क्रिट वा फलामका खम्बा राख्न ३० लाख रुपैयाँ र परामर्श सेवातर्फ २० वटा सिँचाइ योजना पहिचानका लागि १० हजार रुपैयाँका दरले दुई लाख रुपैयाँ एवं चार वटा योजनाको विस्तृत सर्वेक्षण गर्न तीन लाख रुपैयाँका दरले १२ लाख रुपैयाँ सहित १४ लाख रुपैयाँ प्राप्त भएको छ ।

यसैगरी शसर्त अनुदानअन्तर्गत सङ्घीय सरकारमार्फत सिँचाइ मर्मतसम्भारको लागि ४० लाख रुपैयाँ र नदी नियन्त्रणका लागि छ वटा योजनाका लागि एक करोड रुपैयाँ प्राप्त भएको छ ।

सौर्य ऊर्जाबाट पानी तान्नका लागि एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रम यसअघि सङ्घीय कार्यालयअन्तर्गत सञ्चालन हुने गरेकामा यो वर्ष डिभिजनको जिम्मेवारीमा आएको छ । उक्त कार्यक्रम कार्यविधि प्राप्त हुन बाँकी रहेको छ भने ७९ लाख रुपैयाँ बजेट प्राप्त भएको डिभिजन प्रमुख गुरागाईंले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारमार्फत आएका अन्य योजना तथा कार्यक्रम नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रमका लागि सात वटाका लागि ८७ लाख रुपैयाँ, नौ वटा मझौला सिँचाइ आयोजनाका लागि तीन करोड ३० लाख रुपैयाँ समेत गरेर कूल छ करोड ४० लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

गत आवमा डिभिजनमार्फत करिब एकसय योजना सम्पादनका लागि २२ करोड रुपैयाँ हाराहारीको खर्च भएकामा यो वर्ष अहिले नै ४० वटा योजना र १० करोड रुर्पैयाँ बजेट थप आएको हो ।

बागमती प्रदेशअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले नुवाकोटमा सिँचाइ कुलोको सर्वेक्षण, निर्माण तथा मर्मतसम्भार, नदी तथा खोलाको कटान नियन्त्रण, जोखिममा परेका बस्ती तथा सामुदायिक संरचनाको संरक्षण, नवीकरणीय ऊर्जा, ग्रामीण विद्युतीकरण र ऊर्जाका पुनःप्रयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

नुवाकोट । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले चालु आर्थिक वर्षमा नुवाकोटमा एक सय ४० वटा योजना सञ्चालन गर्ने भएको छ ।बागमती प्रदेश र सङ्घीय सरकारमार्फत हालसम्म एक सय ४० योजनाका लागि ३२ करोड ७९ लाख रुपैयाँ बजेट प्राप्त भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाँईले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि हालसम्म प्रदेश सरकारमार्फत एक सय आठ योजनाका लागि २६ करोड ३९ लाख रुपैयाँ र सङ्घीय सरकारमार्फत ३२ योजनाका लागि छ करोड ४६ लाख रुपैयाँ बजेट प्राप्त भएको हो ।

‘अघिल्ला आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरतासहित चालु आर्थिक वर्षमा केही कार्यक्रम थप भएर आएका छन्’, डिभिजन प्रमुख गुरागाँई भने, ‘अझै करिब एक दर्जन योजना थप गराउने प्रयासअन्तर्गत पाइपलाइनमा रहेकाले एक सय ५० भन्दाबढी योजना नुवाकोटमा कार्यान्वयन गर्नेछाै ।’

Share News