महानगरलाई म्यारियट होटलको क्यासिनोले बुझायो १९ लाख रुपैयाँ कर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकालाई म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । डेल्टिन क्यासिनोल महानगरपालिकालाई मनोरञ्जन कर वापतकाे १९ लाख ३७ हजार रुपैयाँ बुझाएका हो । महानगरले कर बुझाउन ताकेता गरेपछि डेल्टिन क्यासिना आज वडा नं. १ को वडा कार्यलय पुगेर मनोरञ्जन कर बुझाएको काठमाडौं महानगरपालिकाले जानकारी दिएकाे छ । काठमाडौं महानगरपालिका सूचना अधिकारी बसन्त [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकालाई म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । डेल्टिन क्यासिनोल महानगरपालिकालाई मनोरञ्जन कर वापतकाे १९ लाख ३७ हजार रुपैयाँ बुझाएका हो ।

महानगरले कर बुझाउन ताकेता गरेपछि डेल्टिन क्यासिना आज वडा नं. १ को वडा कार्यलय पुगेर मनोरञ्जन कर बुझाएको काठमाडौं महानगरपालिकाले जानकारी दिएकाे छ । काठमाडौं महानगरपालिका सूचना अधिकारी बसन्त आर्चयका अनुसार उक्त क्यासिनोले जरिवाना बाहेकको मात्रै रकम तिरेको हाे ।

काठमाडौं महानगरपालिकाको राजस्व विभागले ७ दिनभित्र जरिवानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरुलाई निर्देशन दिएको थियो ।

Share News