अब पूर्वाधार एम्बुलेन्स सडक पिच गर्न प्रयोग गरिने, महानगरले छुट्यायो २० करोड बजेट

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले अब सडकमा भएको खाल्डालाई पिच गर्ने भएको छ । सडकमा भएको खाल्डा पुर्दै आएको महानगरले अन्ततः अब पिच गर्ने योजना भएको हो । महानगरपालिकाले टेन्डरको आव्हान गरेर सडकका खाल्डो पिच गर्ने योजना बनाएको काठमाडौं महानगरपालिका इन्जिनियर हरि बहादुर बुढाले जानकारी दिए । महानगरले अहिले टेन्डरको आव्हान गर्ने प्रक्रिया अगाडि बढाएको छ [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले अब सडकमा भएको खाल्डालाई पिच गर्ने भएको छ । सडकमा भएको खाल्डा पुर्दै आएको महानगरले अन्ततः अब पिच गर्ने योजना भएको हो ।

महानगरपालिकाले टेन्डरको आव्हान गरेर सडकका खाल्डो पिच गर्ने योजना बनाएको काठमाडौं महानगरपालिका इन्जिनियर हरि बहादुर बुढाले जानकारी दिए । महानगरले अहिले टेन्डरको आव्हान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

इन्जिनियर बुढाका अनुसार सडकका खाल्डोहरु पिच गर्नको लागि महानगरले २० करोड रुपैयाँ बजेट छुट्याएको छ । पूर्वाधार एम्बुलेन्सको साहयताले सडकको खाल्डोहरु पुर्दै आएको महानगरले अब टेन्डरको आव्हान गरेर महानगर भित्रका सडकको पिच गर्ने लक्ष्य लिएको हो ।

‘अहिले हामीले एम्बुलेन्सको साहयताले सडकमा भएका खाल्डा पुर्दै आएका छौं, अब टेन्डर प्रक्रियाबाट खाल्डालाई पिच गर्ने योजना बनाएका छौं, यसका लागि इस्टिमेट गरी सार्वजनिक निर्माण विभागलाई बुझाएका छौं, उहाँहरूले स्वीकृत गरेर खरिद विभागमा पठाइसकेपछि टेन्डरको काम सुरु हुन्छ,’ उनले विकासन्युजसँग भने ।

महानगरले तिहारपछिदेखि काम सुरु गर्ने तयारी गरिरहेकाे छ । महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक महिनादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आइरहेको छ । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदैछ ।

पूर्वाधार एम्बुलेन्सको सहायताले महानगरले अहिले नागरिकको गुनासो अनुसार टोल–टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ । महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुमा मात्र हुन्छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्न थालेको हो ।

महानगरपालिकाका अनुसार कल सेन्टरमार्फत् सडक पेटी, ढल, इँटा, ब्लकहरू बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम सुरु गर्ने महानगरले गरेको छ । हिजोबाट खाल्डा पुर्ने कच्चा पदार्थ सकिएको पनि बुढाले जानकारी दिए । अहिले कच्चा पदार्थ ल्याउने प्रक्रियामा पनि महानगर लागेको छ । महानगरका अनुसार अहिले २ वटा पूर्वाधार एम्बुलेन्सले सडकका खाल्डा पुर्दै आएको छ ।

टेन्डरको आव्हान गरी ठेक्का लगाए पश्चात् महानगरले सडकका खाल्डाको पिच सुरु गर्ने लक्ष्य लिएको पनि बुढाले बताए । ‘अहिले बर्खा समय छ, खाल्डामा माटो हालेर पुर्दा पानीले बगाएर लान्छ, सडक हिलो हुने जस्ता समस्या बढी भयो, पूर्वाधार एम्बुलेन्स पनि निरन्तर काम गरी राख्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले यसअघि पनि खाल्डाखुल्डी पुर्न र मर्मतसम्भार निजी कम्पनीलाई जिम्मा दिएर ठेक्कामार्फत गर्दै आएको थियो । तर ठेकेदार कम्पनीले मर्मतसम्भार गर्न ढिलो जाने भएकाले प्रभावकारी भएको थिएन । अब महानगरले आफै काम गर्न लागेको हो ।

Share News