ललितपुरले अवैध संरचना हटाउन दियाे ३५ दिनको अल्टिमेटम

<p>काठमाडौं । ललितपुर महानगरपालिकाले नक्सा विपरितका अवैध संरचनाहरु हटाउन ३५ दिनेको अल्टिमेटम दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै ३५ दिनभित्र सबै अवैध संरचनाहरु हटाउन निर्देशन दिएको हो । सूचनामार्फत महानगरपालिकाले सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका सबै संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । ३५ दिनभित्र त्यस्ता संरचनाहरु नहटाए महानगर [&hellip;]</p>

काठमाडौं । ललितपुर महानगरपालिकाले नक्सा विपरितका अवैध संरचनाहरु हटाउन ३५ दिनेको अल्टिमेटम दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै ३५ दिनभित्र सबै अवैध संरचनाहरु हटाउन निर्देशन दिएको हो ।

सूचनामार्फत महानगरपालिकाले सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका सबै संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

३५ दिनभित्र त्यस्ता संरचनाहरु नहटाए महानगर आफैले त्यस्ता संरचना हटाउने जनाएको छ ।

Share News