पुल बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल निर्माण, आजदेखि यातायात सुचारु

<p>काठमाडौं । अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेचि राजमार्ग आजदेखि पूूर्णरुपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ३ असारमा आएको बाढीले मेचि राजमार्ग अन्र्तगतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको [&hellip;]</p>

काठमाडौं । अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेचि राजमार्ग आजदेखि पूूर्णरुपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

३ असारमा आएको बाढीले मेचि राजमार्ग अन्र्तगतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध बिच्छेद भएको थियो । पुल बगेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका थिए । मन्त्रीले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको छ ।

निरन्तरको बर्षाले समयमा काम गर्न नदिएपनि २८ दिनभित्र नयाँ बेलिब्रिज निर्माण गरी आजदेखि सवारी साधन सुचारु गरिएको महानिर्देशक ढकालले बताएका छन् । महानिर्देशक ढकाल दुई पटक बाढी प्रभावित क्षेत्रमा पुगेका थिए । बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । बनाएको डाइभर्सनपनि दुई पटक वाढीले बगाएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्षातको समयलाई लक्षित गरी टास्क फोर्स निर्माण गरेको छ । भौतिक संरचना क्षति भएको ठाउँमा तत्काल पुर्ननिर्माण थाल्न टास्क फोर्स बनाएको हो ।

Share News