सेबोनको ८८ कम्पनीलाई साढे ५३ लाख रुपैयाँ जरिवाना, कुनबाट कति असुल्यो ?

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ८८ कम्पनीलाई कारवाही गरेको छ । समयमा वित्तीय विवरण पेश नगर्ने सूचीकृत ८८ कम्पनीलाई कारवाही गरेको बोर्डले जनाएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७९÷८०को चौथो त्रैमासिक विवरण बोर्डमा ढिलो बुझाउने तथा नबुझाउने [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ८८ कम्पनीलाई कारवाही गरेको छ । समयमा वित्तीय विवरण पेश नगर्ने सूचीकृत ८८ कम्पनीलाई कारवाही गरेको बोर्डले जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७९÷८०को चौथो त्रैमासिक विवरण बोर्डमा ढिलो बुझाउने तथा नबुझाउने संस्थाहरुलाई जरिवना गरिएको बोर्डले बताएको छ ।

बोर्डको गत कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले समयमा वित्तीय विवरण पेश नगर्ने सूचीकृत कम्पनीलाई स्पष्टिकरण सोधेको थियो ।

बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना र वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो । सेबोनले यी कम्पनीलाई कारवाही वापत ५३ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नेछ ।

[pdf id=448694]

Share News