घर-घरमा बिजुली पुर्‍याउनु नै मेरो कार्यकालको मुख्य उपलब्धि हो : कुलमान घिसिङ

काठमाडौं । सरकारले बर्खास्त गरेको ११ दिनपछि पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले कानुन नीति नियममा रहेर काम गरेको दाबी गरेका छन् । उनले सरकारसँग आफू जवाफदेही रहेको बताए। उनले सरकारलाई ४ महिना कार्यकाल सकिन आगावै आफूलाई बर्खास्त गरेकोमा धन्यवाद दिए। 

उनले आफ्नो कार्यकालमा प्राधिकरणमा धेरै परिवर्तन भएको बताए ।  उनले भने, ‘मेरो कार्यकालमा प्राधिकरणको सम्पत्ति करिब तीन गुणा वृद्धि भयो । यो नाफा विद्युत पूर्वाधारमा पुनः लगानी भएको छ, जनताको घरघरमा विद्युत पुर्याउनु नै मेरो कार्यकालको मुख्य उपलब्धि हो ।’

घिसिङले आर्थिक वर्ष ०८०/८१ सम्म सञ्चित नाफा ४७ अर्ब रुपैयाँ पुगेको समेत बताए । साथै यो नाफा महसुल वृद्धि गरेर नदेखाइएको भन्दै उक्त अवधिमा २५ प्रतिशत महसुल घटाइएको उनको भनाइ छ ।

गत आर्थिक वर्षबाट विद्युत आयातभन्दा निर्यात बढी भएको र देशभित्र विद्युत खपत तीन गुणा वृद्धि भएको घिसिङको भनाइ छ । प्राधिकरणमा ८ वर्ष काम गरेको भन्दै उनले यसको मूल्याङ्कन जनताले गर्ने बताए ।  

उनले नेपालको संविधान र प्रचलित कानुनभित्र रहेर देश र जनताको सेवामा आफूलाई समर्पित भएको दाबी गरे । उनले आम जनाताको माया अथाह भएको र आफुलाई गर्व महसुस भएको बताए । 

उनले भने,‘ सरकार मलाई रातारात हटाएको दिन अर्थात् चैत्र ११ गतेको दिन म मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत विपन्न चेपाङ समुदायको बस्तीमा बत्ती बाल्ने कामै विजी थिए । मलाई बर्खास्तबारे केही थाहा थिएन् । एक्कासी समाचार देखेँ ।  अनि म झस्किए ।’ 

उनले नेपाली जनतालाई आफुले भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आर्पुति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दनरीपूर्वक पुरा गरिरहेको सुनाए । उनले सरकारले आफुविरुद्ध जे गर्न खाज्यो त्यो सबै गलत भएको बताए । 

उनले भने,‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ । तर आम जनताका लागि हरेक कुराहरुमा काम गरिरहने छु ।  यहाँ यहाँ स्वार्थ मात्रै चल्छ । मेरो मूल्याङ्कन नेपाली जनताले आफैँ गर्नेछन् । ’ उनले आफुले प्राधिकरणमा रहँदा कुनै पछुतो हुने काम नगरेको बताए । 


बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुको मुख्य कारण बन्न भएको बताए ।  सार्वजनिक संस्थाको बक्यौता उठाउने खोज्ने आफ्नो प्रयास राष्ट्र विरुद्धको अपराध हो भन्दै प्रश्न गरे । 

यसको जबाफ नेपाली जनता र इतिहारले आगामी दिनमा अवश्य मागिने समेत सुनाए  । उनले भने, ‘ऊर्जामा मुलुकलाई आत्मानिर्भर बनाउँदै छिमेकी भारत र बङ्गलादेशसम्म विद्युत् व्यापार विस्तार गर्ने लगायतका अभियान सक्रिय रहेकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रीले म माथि अनावश्यक, अनैतिक र गैर कानुनी दबाब सिर्जना गरेको सिगों देश साच्छि छ ।’

घिसिङले बाँकी रहेको बक्यौता रकम उठाउन जसरी भए पनि आम नागरिकले एक जुट भएर लाग्न सबैलाई आग्रह गरे । यसको बारे भण्डाफोर गर्नुपर्ने र यो समय विस्तार विस्तारै नजिकिँदै गएको पनि उनले जानकारी दिए ।  

यस्तै उनले राजीतिमा आउने संकेत समेत गरे । उनले भने, ‘ हाल म कुनै पार्टीमा आवद्ध छैन् । तर राष्ट्रसेवक नागरिकको नाताले जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए । 

‘म एउटा जिम्मेबार नागरिक हो, अब म कर्मचारी रहिनँ, सदैव देशको हित र समृद्धिका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु’, उनले भने ।

मुलुक लोडसेडिङमा रहेका बेला डेडिकेटेड र ट्रङ्कलाइनबाट अनवरत बिजुली लिएका, तर सत्ता र शक्तिको पहुँच दुरुपयोग गर्दै कम्तिमा २० अर्ब रुपैयाँ महसुल नतिर्न खोजेका व्यापारीहरूको जोडबलमा लागेर सरकारले घिसिङलाई चैत ११ गते पदबाट हटाएको थियो ।   

Share News