स्वागतम यातायातका ४५ वटा बस बिक्री गर्दै राष्ट्रिय वाणिज्य बैंक, मूल्य कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले झण्डै ४५ वटा सवारीसाधन (बस) लिलाम बिक्रीमा राखेको छ । बैंकको शाखा कार्यालय स्वयम्भूबाट हायर पर्चेज कर्जामा ऋण लिएको स्वागतम यातायात प्रालिले चुक्ता नगरेपछि ४५ वटा सवारीसाधन बिक्रीमा राखिएको हो । 

स्वागतम यातायात कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको कम्पनी हो । यस कम्पनीका संस्थापक सेयरधनीहरू मोहनबहादुर श्रेष्ठ र राज श्रेष्ठ हुन् । बैंकका अनुसार उनीहरूलाई लिखित तथा मौखिक तर ताकेता गर्दा समेत कर्जा भुक्तान तथा नियमित गरिएको छैन । 

साथै अबको ३५ दिनभित्र कर्जा चुक्ताको अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर चुक्ता गरी धितो सम्पत्ति फुकुवा गरी लैजान बैंकले आग्रह गरेको छ । 

यदि उक्त अवधिमा कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने वा लिलाम बिक्री हुन नसकेको धितो सम्पत्ति बैंक आफैले सकार्ने जनाएको छ । धितो रहेका सवारीसाधन (बस) खरिद गर्न इच्छुकले बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सवारी साधन (बस)हरू टाटा मोटर्स भारतबाट सन् २०१८ मा निर्माण भएका हुन् । 

बसहरूको मूल्य न्यूनतम १९ लाख ३८ हजार रुपैयाँदेखि अधिकतम ३८ लाख ९८ हजार ८९० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले कबोल गरेको रकमको १० प्रतिशत रकम अग्रिम जम्मा गर्नुपर्नेछ ।

null 

Share News