काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वको लागि नरेश गेलालको समूहले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार गेलाल समूहले एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो ।
गेलाल समूहबाट प्रथम उपाध्यक्ष पदमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष पदमा मधुकर रिजाल र तृतीय उपाध्यक्ष पदमा बैकुण्ठ प्रसाद पौडेल (वैभव)ले उम्मेदवारी दिएका छन् ।
यस्तै, महासचिवमा कर्णराज कटुवाल, सचिवमा अनिल बोगटी, कोषाध्यक्षमा धनमाया सिंजालीले उम्मेदवारी दिएका छन् ।
गेलाल समूहबाट सदस्य पदमा देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, चन्द्र बहादुर लिम्बु, दिनेश बस्नेत, छत्र बहादुर बस्नेत, युवराज देवकोटा, रमा खड्का, हेमा गुरुङ, रामेश्वर साह र राजेश यादवले उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको चैत २९ गते निर्वाचन हुँदैछ ।